घरमा योग गर्दै, गीता पढ्दै दीपा श्री निरौला, भन्छिन्, ‘मजदुरहरुलाई भोकै नपारौ, राहत दिऔं’
सरकारको घोषणा गरेको लकडाउनमा निर्देशक दीपा श्री निरौलाले मुन्द्रेको कमेडि क्लब वैशाखसम्म स्टक रहेकी बताएकी छिन्।
घरमै गीता पढेर बसेकी उनले मेरो फिल्मसँग भनिन्, ‘म त घरमै गीता पढेर बसिरहेकी छु। मुन्द्रेको कमेडि क्लबको अहिले सुटिङ भएको छैन। वैशाखसम्म स्टक राखेका छौ।त्यसपछि अझै लक डाउन भए हामी पनि बन्द गर्न बाध्य हुन्छौ।’
उनले फिल्म क्षेत्रका मजदुरहरु (प्राविधिक,लाइट म्यान, मेक अप आर्टिस्ट लगायत)लाई कलाकारहरुले सहयोग गर्नु पर्ने बताइन्। उनले भनिन्, ‘ फिल्म क्षेत्रमा सबैभन्दा धेरै मार कलाकारहरु भन्दा पनि त्यहाँ काम गर्ने मजदुरहरुलाई परेको छ। हामीले ती मजदुरहरुको पीडा बुझ्नु जरुरी छ।सरकारले पनि चाँडै उनीहरुलाई राहत दिओस्।’
यसका साथै नेपाल टेलिभिजनमा कोरोना भाइरसबारेको सचेतना मूलक विज्ञापन सन्देश समेत बनाएको बताइन्।
नेपालमा कोरोनाको त्रासले मनोरञ्जन उद्योग फिल्म हल, थिएटर, फिल्म सुटिङ, टेलि सिरियल, गायन रियालिटी शो, डान्सिङ रियालिटी शो, फेशन रियालिटी शो लगायत ठप्प रहेका छन्।
सरकारले आइतबार मात्रै थप ८ दिन लक डाउनको घोषणा गरिसकेको छ।
प्रतिक्रिया