चलचित्र कलाकार संघले कोरोना प्रभावितलाई १ लाख १ हजार सहयोग गर्ने
नेपाल चलचित्र कलाकार संघले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण राहत कोषमा एक लाख एक हजार सहयोग गर्ने घोषणा गरेको छ।
चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले मेरो फिल्मसँग कुराकानी गर्दै भने, ‘ नेपाल चलचित्र कलाकार संघले नगद एक लाख एक हजार दिने घोषणा गरेको छ। संघका पदाधिकारीबाट हामीले उठाएर दिन्छौ । आज मैले यो निर्णय गरिसकेको छु ।’
अध्यक्ष खड्काले उक्त सहयोग गर्दा अरु संघ संस्थालाई पनि सहयोग गर्न प्रेरणा मिलोस् र कोरोनाबाट कसैको पनि ज्यान गुमाउन नपरोस भनेर सहयोग गर्न लागेको बताए । उनले भने, ‘ मैले प्रधानमन्त्रीको स्वकीय सचिवसँग कुरा गरिसकेको छु । हामी चाँडै राहत कोषमा उक्त रकम जम्मा गर्दैछौ ।’
नेपाल चलचित्र कलाकार संघले सम्पूर्ण चलचित्रकर्मीहरु संघ / संस्था सवैलाई यो विषम परिस्थितिलाई मध्यनजर गर्दै सहयोगको लागि अपिल पनि गरेको छ । वि. सं. २०४५ देखिनै फानले देश र जनतामा आइपर्ने संकटमा साथ दिदै आएको भन्दै सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीहरु लगायत स्वयंसेवकहरुलाई आभार पनि प्रकट गरेको छ ।
यस अघि अभिनेत्री वर्षा शिवाकोटीले १ लाख, गायक बद्रि पंगेनीले ५० हजार सहयोग गरिसकेका छन् ।
प्रतिक्रिया