कोरोना प्रभावितहरुलाई कस्को कति सहयोग ?
कोरोना बिरुद्धको लडाईमा विभिन्न बलिवुड सेलेब्रेटीहरुले सहयोगको हात अगाडी बढाएका छन् ।
जानौं कस्ले कति गर्यो सहयोग :
अभिनेता अक्षय कुमारले ‘प्रधानमन्त्री केयर फन्ड’ लाई २५ करोड सहयोग गर्ने घोषणा गरेका छन् । उनले ट्विटर मार्फत उक्त घोषणा गरेका हुन् । उनले ट्विटरमा लेखेका छन् – ‘यो त्यस्तो समय हो जहाँ मान्छेको जिन्दगि सबैभन्दा महत्वपूर्ण छ । र हामीले जे पनि गर्न सक्नुपर्छ । म आफ्नो बचत बाट २५ करोड धनराशी प्रधानमन्त्री केयर फन्ड लाई दिने वाचा गर्दछु । आउनुहोस जिन्दगि बचाऔँ, जिबन छ त सबथोक छ ।’
अभिनेता वरुण धवनले ‘प्रधानमन्त्री केयर फन्ड’ लाई ३० लाख र महाराष्ट्र सरकारको कोषलाई २५ लाख सहयोग गरेका छन् ।
‘बाहुबली’ अभिनेता प्रभासले ‘प्रधानमन्त्री राहत कोष’ लाई ३ करोड, आंध्र प्रदेश र तेलंगाना राज्यको ‘मुख्यमन्त्रि राहत कोष’ लाई ५०-५० लाख गरेर जम्मा ४ करोड दिने घोषणा गरेका छन् ।
अभिनेता ऋतिक रोशनले ब्रिहानमुंबई म्युनिसिपल कर्पोरेशन (बीएमसी) लाई २० लाख (भारतीय रुपैया) सहयोग गरेका हुन् । उनले यस्तो समयमा हाम्रो शहरको ख्याल गर्ने कर्मचारीहरुको लागि सक्दो सहयोग गर्नुपर्ने बताए । ऋतिकले आपतको बेला आफुले पनि सहयोग गर्ने अवसर पाएकोमा खुशी ब्यक्त गरेका छन् । उनले बीएमसी कर्मचारीहरुको लागि मास्क पनि खरिद गरेका छन् ।
त्यसैगरि अभिनेता सनी देओलले गुरुदारपुरका मानिसहरुको लागि ५० लाख सहयोग गर्ने घोषणा गरेका छन् ।
अभिनेत्री तथा सांसद हेमा मालिनीले १ करोड सहयोग गर्दैछिन् ।
दैनिक ज्यालादारीमा काम गर्ने फिल्म प्राबिधिकहरुको सहयोगको लागि सुपरस्टार रजनीकान्तले ५० लाख सहयोग गरेका छन् । उनले फिल्म इम्प्लोइज फेडेरेसन अफ साउथ इंडिया (एफइएफएसआइ) लाई उक्त रकम दिएका हुन् । कोरोना भाइरसको कारण फिल्महरुको शुटिंग रोकिए पछि दैनिक ज्यालादारीमा काम गर्ने तमिल नाडूका फिल्म प्राबिधिकहरु कामबिहिन भएका थिए ।
‘सुपर डिलक्स’ अभिनेता विजय सेतुपतिले फिल्म इम्प्लोइज फेडेरेसन अफ साउथ इंडिया (एफइएफएसआइ) लाई १० लाख सहयोग गरेका छन् ।
अभिनेता रामचरणले प्रधानमन्त्रि राहत कोषलाई ७० लाख दिने घोषणा गरेका छन् ।
दक्षिण भारतका सुपरस्टार तथा नेता पवन कल्याणले १ करोड सहयोग गरेका छन् ।
कमेडियन कपिल शर्माले प्रधानमन्त्री राहत कोषमा ५० लाख भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । उनले भनेका छन्, ‘यो उनीहरुको साथमा उभिने समय हो जसलाई हाम्रो साथ र सहयोगको एकदमै खाँचो छ । कोरोनाविरुद्धको यस लडाईका लागि प्रधानमन्त्री राहत कोषमा ५० लाख सहयोग गर्दैछु । साथै सबैसँग मेरो प्रार्थना छ, घरमै बसौँ, सुरक्षित रहौं ।’
दक्षिण भारतका सुपरस्टार महेश बाबुले सरकारलाई २ करोड सहयोग गरेका छन् ।
गायक कुमार सानुले ५ लाख सहयोग गरेका छन् ।
प्रतिक्रिया