टम ह्यांक्स र पत्नी रिता फर्किए अमेरिका, स्वास्थ्यमा सुधार

हलिवुड अभिनेता टम ह्यांक्स र पत्नी रिता विल्सन अमेरिका फर्किएका छन् । अस्ट्रेलिया गएको बखत कोरोना भाइरसको संक्रमण देखिएपछि उनीहरु आइसोलेसनमा बसेका थिए । स्वास्थ्यमा सुधार आएपछि उनीहरु घर फर्किएका हुन् ।


टमले सामाजिक संजाल मार्फत आफुहरु घर पुगेको र अब अन्य अमेरिकीहरु जस्तै सेल्फ आइसोलेसनमा बसेर सामाजिक दुरी कायम राख्ने बताएका छन् । उनले अस्ट्रेलियामा आइसोलेसनमा बस्दा आफुहरुको हेरविचार गर्ने र सुस्वास्थ्यको कामना गर्ने सबैलाई धन्यबाद दिएका छन् ।

Hey, Folks… We’re home now and, like the rest of America, we carry on with sheltering in place and social distancing. …

Gepostet von Tom Hanks am Samstag, 28. März 2020

चर्चित गायक एल्भिस प्रेसलीको जीवनीमा आधारित फिल्मको प्रि-प्रोडक्सनको कामको लागि उनीहरु अस्ट्रेलिया गएका हुन् । फिल्मलाई बाज लरमानले निर्देशन गर्दै छन् र ह्यांक्सले फिल्ममा प्रेसलीको म्यानेजर कोलोनेल टम पार्करको भूमिका निभाउदै छन् । कोरोनाको कारण फिल्मको काम भने अनिश्चितकालको लागि स्थगित छ ।