कोरोना कोषमा कमेडियन कपिल शर्माले दिए ५० लाख

संसारभरी महामारीको रुपमा आतंक फैलिइरहेको कोरोना भाइरविरुद्ध लड्न भारतीय कमेडियन कपिल शर्माले प्रधानमन्त्री राहत कोषमा ५० लाख भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

शर्माले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘यो उनीहरुको साथमा उभिने समय हो जसलाई हाम्रो साथ र सहयोगको एकदमै खाँचो छ । कोरोनाविरुद्धको यस लडाईका लागि प्रधानमन्त्री राहत कोषमा ५० लाख सहयोग गर्दैछु । साथै सबैसँग मेरो प्रार्थना छ, घरमै बसौँ, सुरक्षित रहौं ।’

कोरोनाको संक्रमण बढ्दै गएपछि भारत सरकारले देशभर २१ दिनको लक डाउन घोषणा गरेको छ ।

हालसम्म भारतमा ९ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २० जनाले ज्यान गुमाइसकेका छन् ।