‘कसैको चमेरा खाने अचम्मको रहरको कारण यो सब भैरहेको छ’ – इमरान हाश्मी
विश्वका अधिकांश देशहरु अहिले लकडाउनमा छन् । भारतमा पनि प्रधानमन्त्रि नरेन्द्र मोदीले २१ दिन को लकडाउन घोषणा गरिसकेका छन् । बलिवुडका सेलेब्रेटीहरुले लकडाउन लाई लिएर आफ्नो प्रतिक्रियाहरु दिने तथा दैनिक क्रियाकलापको फोटो, भिडियोहरु पोस्ट गर्ने गरिरहेका छन् ।
अभिनेता इमरान हाश्मीले भने कोरोनालाई लिएर आफ्नो रिस पोखेका छन् । उनले ‘हजारौ माइल टाढा बस्ने कसैको चमेरा खाने अचम्मको रहर थियो, त्यसैले यो सब भैरहेको छ’ भनेका छन् । आफ्नो ट्विटर मार्फत उनले उक्त कुरा भनेका हुन् । उनको रिस चिनियाँहरु प्रति लक्षित छ । कोरोना भाइरस चमेराबाट मानिसको शरीरमा आएको आशंका बैज्ञानिक हरुले गरेका छन् तर त्यसको आधिकारिक पुष्टि भने भैसकेको छैन ।
And all this because some person thousands of miles away wanted to have a freakish culinary experience like eating a BAT …???
— Emraan Hashmi (@emraanhashmi) March 26, 2020
यसअघि हाश्मीले लकडाउनलाई समर्थन गर्दै घर बाहिर ननिस्किन अनुरोध गरेका थिए । उनले हामीले पालना गर्ने अनुशासनले नै महामारीको भबिष्य निर्धारण गर्ने बताएका थिए ।
With the current outbreak hope everyone is safe and tucked away in their homes. Please travel or venture out only if you really need to. How we discipline ourselves will dictate how well we can control this pandemic. There will be enough time to dance on the streets.. Take care.
— Emraan Hashmi (@emraanhashmi) March 23, 2020
प्रतिक्रिया