तिब्र गतिमा बढ्दैछन् डिजिटल प्लेटफर्मका प्रयोगकर्ता
कोरोना भाइरस महामारीको कारण विश्वभरका अधिकांश फिल्म हलहरु बन्द छन् । त्यसका कारण मानिसहरु समय बिताउनको लागि फिल्म हलको विकल्प – स्ट्रिमिंग प्लेटफर्म तर्फ आकर्षित भएका छन् । र यसैका कारण स्ट्रिमिंग प्लेटफर्म हरुमा सब्स्क्राइबर हरुको संख्या अत्याधिक तिब्र गतिमा बढिरहेको छ ।
यो दौडमा डिज्नेप्लस अग्रपंक्तिमा छ । फोर्ब्स को रिपोर्ट अनुसार मार्च १४ देखि मार्च १६ सम्ममा नयाँ एकाउन्ट बनाउनेहरुको संख्या अघिल्लो हप्ताको त्यतिनै दिनको आँकडासंग तुलना गर्दा तिनगुना भन्दा बढी छ । उक्त आँकडा एन्टेना बाट लिईएको हो, जसले स्ट्रिमिंग प्लेटफर्म हरुको लेखाजोखा गर्ने गर्दछ । डिज्नेप्लस कम्पनिको अनुसार फेब्रुअरी ३ सम्म जम्मा २८.६ मिलियन सब्स्क्राइबर थिए ।
त्यसैगरी अर्को चर्चित प्लेटफर्म नेटफ्लिक्स मा मार्च १४ देखि १६ को बीचमा ४७ प्रतिशत प्रयोगकर्ता बढेका छन् ।
एचबिओ नाउ र शोटाइम मा पनि क्रमश: ९० प्रतिशत र ७८ प्रतिशत प्रयोगकर्ता बढेका छन् तर एन्टेना को आँकडा अनुसार यी दुई प्लेटफर्म मा फ्री ट्रायल एकाउन्ट हरु पनि प्रशस्तै रहेको छ । एन्टेना का प्रबक्ताले अन्य प्लेटफर्मको आँकडामा पनि फ्री ट्रायल एकाउन्ट हरु समाबेश भएको जानकारी इन्डीवायर लाई दिएका छन् ।
त्यसैगरी एप्पल टिभीप्लस मा १० प्रतिशत सब्स्क्राइबर बढेका छन्, जुन अन्य प्लेटफर्मको तुलनामा सबैभन्दा न्युन हो । हुलु र सीबीएस अल एक्सेस जस्ता प्लेटफर्म लाई भने रिपोर्टमा समाबेश गरिएको छैन ।
यी प्लेटफर्म हरुले आफ्ना सब्स्क्राइबर हरुलाई आफुसंगै राखीराख्न सक्छ कि सक्दैन भन्ने समयले नै बताउनेछ । तर यि माध्यमहरु अहिले अत्यन्त शसक्त भने भएका छन् ।
केहि नयाँ प्लेटफर्महरु पनि थपिने क्रममा छन् । वार्नरमिडिया को एचबिओ म्याक्स र एनबिसी युनिभर्सलको पिकक क्रमश: मे र जुन बाट शुरु हुदैछन् भने जेफ्री काटजेनवर्ग र मेग विटम्यानको क्वीबी पनि अप्रिल ६ बाट शुरु हुदैछ ।
(स्रोत : इन्डीवायरडटकम)
प्रतिक्रिया