कनिका कपुरसंग भेट्ने २६६ मध्ये ६० को रिपोर्ट नेगेटिभ
कोरोना संक्रमित भारतीय गायिका कनिका कपुर संग सम्पर्कमा आएका २६६ मध्ये ६० जनाको कोरोना टेस्टको रिपोर्ट आएको छ र ६० जनाकै रिपोर्ट नेगेटिभ छ ।
मार्चको शुरुवातमा भारत फर्किएकी कनिका धेरै पार्टी, समारोहहरुमा सहभागी भएकी थिइन् । पछी उनको टेस्टमा कोरोना संक्रमण देखिएपछि उनिसंग सम्पर्कमा आएकाहरुमा पनि संक्रमण हुनसक्ने आशंका गरिएको थियो । जानाजान भिडभाडमा सहभागी भएको भनेर उनको बिरोध पनि गरिएको थियो ।
हाल उनको उपचार लखनउ स्थित संजय गान्धी पोष्ट ग्र्याज्युएट इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा चलिरहेको छ । गएको मंगलबार उनको तेस्रो टेस्टको रिपोर्ट पनि पोजिटिभ आएको थियो ।
प्रतिक्रिया