जीवनमा साधनाको महत्वबारे कंगनाको भिडियो
बलिउड अभिनेत्री कंगना रनावत अहिले मनालीस्थित आफ्नो घरमा छिन् । उनले परिवारको साथमा ३३औं जन्मदिन मनाएकी छिन् भने नवरात्रीको अवसर पारेर साधन पनि गर्दै छिन् । हालै उनले एक भिडियो पोष्ट गर्दै जीवनमा साधनाको महत्वबारे बोलेकी छिन् ।
भिडियोमा कंगनाले मनालीको आफ्नो घर साधनाको लागिनै बनाएको बताउदै संचार माध्यमहरु र सामाजिक संजालमा अनेक थरि मान्छे हुन्छन् र तिनीहरुले अनेक थरि कुरा गर्छन भनेर आफुले पहिले यो कुरा नखुलाएको बताएकि छिन् । उनले साधना र योग योगीहरुको लागि मात्र नभएको पनि बताएकी छिन् ।
उनि भन्छिन – ‘मलाई पैसा कमाउन मन पर्छ, जिन्दगीको मजा लुट्न मन लाग्छ तर म यो चाहन्न कि जिन्दगिले मलाई लुटोस, म यो चाहन्नकि अभिनयले मलाई निचरोस, म चाहन्न कि मैले जिन्दगिको उपयोग नगरेर यो संसारले मेरो उपयोग गरोस, त्यसैकारण म साधना गर्छु ।’
हेर्नुहोस पुरा भिडियो :
प्रतिक्रिया