कोरोना संक्रमितलाई ‘बाहुबली’ अभिनेता प्रभासले गरे ४ करोड सहयोग
‘बाहुबली’ अभिनेता प्रभासले कोरोना संक्रमितको सहयोगमा आफ्नो हात अगाडी बढाएका छन् । उनले ‘प्रधानमन्त्री राहत कोष’ लाई ३ करोड, आंध्र प्रदेश र तेलंगाना राज्यको ‘मुख्यमन्त्रि राहत कोष’ लाई ५०-५० लाख गरेर जम्मा ४ करोड दिने घोषणा गरेका हुन् । न्यूज एजेन्सी ‘आईएएनएस’ ले उक्त खबरको पुष्टि गरेको हो ।
केहिदिन अघि जर्जियाबाट फर्किएर उनले आफुलाई सेल्फ आइसोलेसनमा राखेका थिए । त्यतिबेला उनले लेखेका थिए – ‘विदेशको शुटिंगबाट सुरक्षित फर्किएँ र कोभिद -१९ को खतरा बढिरहेकोले मैले आफुलाई सेल्फ आइसोलेसनमा राख्ने निर्णय गरें । आशा गर्छु तपाईहरु पनि साबधानी अपनाईरहनु भएको छ ।’
यस अघि अभिनेता पवन कल्याणले २ करोड र राम चरणले ७० लाख सहयोग गरिसकेका छन् ।
प्रतिक्रिया