अमेरिकामा कोरोना प्रभावितलाई २.२ ट्रीलियन डलर राहतको प्रस्ताब पास, हल संचालकहरु द्वारा स्वागत
अमेरिकी सिनेटले कोरोना प्रभावित मानिस र कम्पनिहरुलाई २.२ ट्रीलियन डलर सहायता गर्ने बिल पास गरेको छ ।
फिल्म हल संचालकहरुको संस्था ‘द नेसनल एसोसिएसन अफ थिएटर वनर्स’ ले उक्त कदमको स्वागत गर्दै अब कोरोना द्वारा सिर्जित संकट सकिएपछि फिल्म हल संचालकहरुले ढुक्कको सास फेरेर आत्मविश्वासका साथ हलहरु खोल्न सक्ने र फेरी पहिले जस्तै समुदायको सेवा गर्न सक्ने बताएको छ । बुधबार पास भएको बिल पहिले हाउसमा पेश गरिनेछ र त्यसपछि राष्ट्रपति डोनाल्ड ट्रंपको जानेछ । ट्रंपले बिल आफ़ुकोमा आउनासाथ तुरुन्त हस्ताक्षर गर्ने बताईसकेका छन् ।
‘द नेसनल एसोसिएसन थिएटर वनर्स’ अन्तर्गत नर्थ अमेरिकामा ३३००० स्क्रिनहरु छन् ।
(सच्च्याइएको)
प्रतिक्रिया