‘प्रेम गीत ३’ का मनिषको लागि ‘लक डाउन’ एक अवसर

‘प्रेम गीत ३’ का कलाकार मनिष राउत अहिले सेल्फ क्वारेन्टाइनमा छन् । कोभिड १९ अर्थात कोरोना भाइरसको कारण नेपाल केही दिन यता लकडाउन छ । यो समयलाई भने उनले अवसरको रुपमा लिएका छन् । फिल्म प्रदर्शनको मिति नजिकिदै गर्दा आएको यो बिपतको कारण उनी घरमा नै रहन बाध्य भएका हुन् ।

घरमा नै बसेर वर्क आउट गर्ने गरेका उनले यो समयलाई अध्ययनमा लागाएको बताउछन् । पुस्तक पढ्न मन पराउने उनी अहिले ‘द काइट रनर’ उपन्यास पढ्दै छन् । पढाइको अलावा उनी फिल्म हेरेर आफुलाई ब्यस्त बनाउछन् । त्यस्तै केही समय भने उनी मेडिटेसन पनि गर्ने गर्छन् । ‘आफुलाई चिन्ने समय पाएको छु, आफ्नै लागि केही गर्न पाएको छु ।’ उनी भन्छन् । सधै काम काम भनेर बिताउन पर्नेमा यो समय उनको लागि एक प्रकारले राम्रो बनेर आएको उनको तर्क छ ।

रोगको महामारी फैलिदो छ । यो समय पौष्टिक आहार खादै, धेरै तनाव नलिएर परिवारसंग समय बिताउन उनले सम्पूर्णमा आग्रह गरेका छन् । साथै यो महामारीको चाडैं अन्त्यको अपेक्षा गरेका छन् ।