इदमा सलमान र अक्षयको फिल्म आउने सम्भावना न्यून, दुई हजार करोडको नोक्सानी

कोरोना भाइरसको संक्रमणले पुरै बलिउड फिल्म उद्योग लकडाउन भएको छ । यही स्थिति कायम रहे सामान्य हुँदासम्म कम्तिमा पनि २ हजार करोड नोक्सान हुने अनुमान गरिएको छ । यो वर्ष इदमा सलमान खान, अक्षय कुमार तथा रणवीर सिंह लगायत ठूला नायकहरुको फिल्म प्रदर्शन हुन पाउने छैनन् ।

फिल्म राधे निर्माणसँग जोडिएका सलमान खानका म्यानेजर जोर्डी पटेल भन्छन्, ‘अहिलेसम्म फिल्मको कुरामा कुनै पनि मिटिङ बसेको छैन । १४ अप्रिलसम्म लकडाउन हुन्छ । यो पछि खुल्छ या लकडाउन हुन्छ त्यो पनि कन्फर्म छैन । हलिउड फिल्मसँग हामी तुलना गर्न सक्दैनौ । प्यानारोमा स्टूडियो तथा युनिभर्सल स्टुडियोवालासँग आफ्नो फिल्मलाई एक वर्षसम्म होल्ड गर्न सक्ने तागत छ । तर हामी सिनेमा हल कहिले खुल्छ भनेर आशा गरिरहेका छौ।’

यस्तै ओभरसिजमा पनि सिनेमा घर मे महिनाभरी बन्द हुनेछन् । यसबारे ट्रेड एनालिस्ट अतुल मोहन भन्छन्, ‘ २१ दिनसम्म पुरै लकडाउनपछि तुरुन्तै सामान्य हुँदैन । चीनमा लकडाउन समयको एक महिनापछि फिल्म हल खोलियो । तर त्यहाँ टिकट भने कुनै पनि बुकिङ भएन । यसले जुन महिनासम्म दुई हजार करोडसम्म नोक्सान हुनेछ । जुनसम्म कम्तिमा पनि ‘सूर्यवंशी’ तथा ‘८३’ लगायतका फिल्म पनि प्रदर्शन हुन पाउने छैन । किनकी त्यहाँ पनि ओभर्सिज मार्केट नै हो ।’

उनका अनुसार लिहाजा ओभरसिज मार्केटबिना निर्माताहरुले ठूलो फिल्म चलाउन निक्कै गाह्रो पर्नेछ र उनीहरुले त्यो चुनौती लिन चाँहदैनन् ।