प्रियंका चोपडाले सिकाइन् हात धुने तरिका

सहि तरिकाले हात धुने डब्लुएचओ को च्यालेन्ज स्वीकार गर्दै अभिनेत्री प्रियंका चोपडाले एक भिडियो पोष्ट गरेकी छिन् । भिडियोमा उनले कसरी सहि तरिकाले हात धुने भनेर सिकाएकी छिन् । भिडियोमा धारा खोल्न र बन्द गर्न उनले आफ्नो कुहिनोको प्रयोग गरेकी छिन् ।

भिडियोको अन्तिममा उनले आफ्नो र आफ्नो परिवारको लागि कम्तिमा २० सेकेन्ड समय दिएर हात धुन आग्रह गरेकी छिन् । हात धुदै गर्दा उनले गीत पनि गुनगुनाइरहेकी छिन् । प्रियंकाले केट बोस्वर्थ, मिंडी कालिंग, पति निक, परिनिती चोपडा र अमिताभ बच्चनलाई हात धुने च्यालेन्ज गरेकी छिन् ।