फिल्मको उदाहरण दिँदै शाहरुख खानले दिए कोरोनाबाट बच्‍ने उपाय

बलिउडका बादशाह शाहरुख खानले सामाजिक सञ्जाल ट्वीटरमार्फत कोरोनाविरुद्ध लड्न आफूले खेलेको फिल्मका क्लिपहरु देखाएर सचेत गराएका छन्।

उनले २२ मार्चामा ट्वीटरमा भिडियो पोस्ट गर्दै भनेका छन्, ‘यदि तपाइलाई सुख्खा खोकी लाग्छ, घाँटी दुख्छ भने तुरुन्त आफू नजिकको चिकित्सकसँग परामर्श लिनुस्।’

उनले फिल्मको दृश्य देखाउँदै ठूलो समूह, भिडमा नजान आग्रह गरेका छन्। साथै घरमै सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन्।  यस्तै अरुलाई छुन नदिने अनि अरुलाई पनि नछुने अर्थात सामाजिक दूरी कायम राख्न उनले आग्रह गरेका छन्।

यस्तै कही कतै बाहिर गएमा पनि बाहिर भएका कुनै पनि वस्तु वा चीजलाई नछुन आग्रह गरेका छन्। त्यतिमात्रै होइन उनले सार्वजनकि यातायातमा नचढ्न समेत सुझाव दिएका छन्।

उनले सधैं आफ्नो स्वास्थ्यलाई ध्यान दिनु पर्ने भन्दै सफासुघर बस्ने र वरीपरीका फोहोर चीजलाई हटाउन आग्रह गरेका छन् भिडियो मार्फत। तर उनले जथाभावी पानीको दुरुपयोग नगर्न र आवश्यक पानी मात्र प्रयोग गर्न आग्रह गरेका छन्।

ट्वीटरमा पोष्ट गरेको उक्त भिडियो अहिले भाइरल भइरहेको छ ।