कोरोना प्रभावित बालबालिकाको पोषणको लागि एन्जेलिनाले गरिन् १ मिलियन डलर सहयोग

चर्चित हलिउड अभिनेत्री एन्जेलिना जोलीले विश्वभर कोरोनाबाट प्रभावित बालबालिकाहरुको लागि १ मिलियन डलर सहयोग गरेकी छिन् । उनले उक्त रकम स्कुलमै खानेकुराहरु खाने गरेका बालबालिकाहरुको पोषणको लागि खर्च गरिने बताएकी छिन् । एन्जेलिनाले उक्त रकम ‘नो किड हंग्री’ नामको गैरसरकारी संस्थालाई दिएकी हुन् ।

‘ई न्यूज’ को रिपोर्ट अनुसार संसारभरिनै धेरै बालबालिकाहरु पोषण तत्वको लागि स्कुलमा वितरण गरिने खानेकुरामा निर्भर छन् र अहिले कोरोनाको कारण विश्वभर करिब १ अर्ब बालबालिकाहरु स्कुल जान पाएका छैनन् ।