साथीलाई भिडियो पठाउन वर्कआउट गर्दै यसराज
कलाकार तथा मोडल यसराज अहिले फुर्सदमा छन् । घर बसेर समय व्यतित गर्दै आफुलाई कोरोना संक्रमणबाट सुरक्षित राख्दै गर्दा उनमा एउटा डर पैदा भएको छ । कलाकारिता क्षेत्रमा फिट शरीर आवस्यक मानिन्छ । तर घरको बसाइ र काम नहुदा अधिकांश समय खाएर बित्ने गर्छ । यही खानाको कारण आफु मोटाउने हो की ? भन्ने डरले डेरा जमाएको छ ।
यहि डर कम गर्नलाई उनी साथीभाइ संग ब्यायाम गर्दै गरेको तस्विर, भिडियो सेयर गर्ने गर्छन् । साथीलाई पठाउने बहानामा २ पटक भए पनि वर्कआउट त गरिन्छ, उनी भन्छन् । साथै उनी घरमै बसेर श्रीमतीलाई घरको काममा सहयोग पनि गर्दैछन् । अरु समय काममा नै ब्यस्त रहनु पर्ने भएकोले परिवारमा समय बिताउन पाएकोमा खुसी पनि छन् । उनी आफ्ना ४वर्ष पुग्नै लागेका छोरासंग बसेर फिल्म हेर्ने गर्छन । छोरोले समेत फिल्ममा रुची देखाउछन् ।
कठिन परिस्थितिमा संयमता अपनाउदै स्वास्थ रहन उनको सम्पूर्णमा आग्रह छ ।
https://www.facebook.com/sraaj.garach/posts/10220162340741398
प्रतिक्रिया