लकडाउनमा पुष्पको साथी – फिल्म, पुस्तक र डान्स

अभिनेता पुष्प खड्का घरमै बसिरहेको ६ दिन भैसक्यो । उनि नेटफ्लिक्समा फिल्महरु हेर्दै समय बिताईरहेका छन् । यसका साथै उनि डान्स गर्ने र पुस्तकहरु पढ्ने पनि गर्छन् ।

उनले पुणेमा रहेका बुबा आमा र अस्ट्रेलियामा रहेका भाइ संग बेला बेलामा भिडियो कल पनि गरिरहेका छन् । शुटिंगको बेला कुरा गर्न नमिलेका र लामो समय सम्पर्क नभएका साथीभाइहरुको नम्बर खोजि खोजि कुरा पनि गरिरहेका छन् । उनले यतिबेला मनमा आएका कुराहरु डायरीमा लेख्ने गरेका छन् ।

केहि दिन अघि कैलालीमा रहेकी उनकी दिदिलाई रुघा, खोकी र ज्वरोले सतायो, पछि भान्जा भान्जी र भिनाजुलाई पनि रोग सर्यो, सबैजना कोरोना हो कि भनेर आत्तिन लागे । पुष्पले डाक्टर संग भिडियो कल गराएपछि मात्र सामान्य रोग भन्ने थाहा भयो र सबैले आनन्दको सास फेरे ।