करिश्‍मा मानन्धर, सासु आमा, श्रीमान्‌सहित सेल्फ क्वारेन्टाइनमा

नायिका करिश्मा मानन्धर गोदावारीस्थित आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बसेकी छिन्।

सरकारको लकडाउनलाई आत्मसाथ गर्दै उनी गोदावरीको टौखेलस्थित आफ्नै घरमा क्वारेन्टाइनमा बसेको फेसबुकमा तस्बिर सार्वजनकि गरेकी छिन्।

करिमाश्मा मात्र नभइ उनीसँग घरमा ८६ वर्षकी सासूआमा र श्रीमान् विनोद मानन्धर पनि घरमै बसिरहेका छन्।

आफु बचौ र अरु लाई पनि बचाउ ? #COVIDー19

Gepostet von Karishmaa Manandhar am Sonntag, 22. März 2020

उनले सामाजिक सञ्जालमा भनेकी छिन्, ‘शुभप्रभात, चुम्बकको दुई ध्रुव हुन्छ्न नेगेटिभ र पोजेटिभ ती दुबै को समान अस्तित्व भयेकाले चुम्बकले सम्पूर्णता पाएको छ।यो सिद्धान्त सबै भौतिक वस्तुमा लागू हुन्छ। शान्ति, सद्भाव मानवलाई चाहिने अपरिहार्य तत्व हुन।तर मानव सभ्यताले विकासको काचुली फेर्न , प्रत्यक्ष या अप्रत्यक्ष रूपमा ! द्वन्द , सङ्घर्ष , प्रतिस्पर्धा जस्ता घट्कहरुले ठूलो भुमिका खेलिरहेको हुन्छन्। येदि येसो नहुने हो भने हामी सायद प्रगतिको यो मोड्मा आइपुग्ने थिएनौं होला !’