लकडाउनमा ऋतिकको घरमा पूर्व पत्‍नी सुजैन खान

भारतमा लक डाउन भइरँदा बलिउड नायक ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खान ऋतिकसँगै बसेकी छिन् ।

ऋतिक रोशन र सुजैन खानको सम्बन्ध बिच्छेद भएको लामो समय भए पनि लक डाउनमा भने उनीहरु सँगै देखिएका हुन ।

उनीहरु आफ्ना छोराछोरीहरुसहित सँगै देखिएका छन् । ऋतिकले सामाजिक सञ्जाल इन्टाग्राममा पूर्वपत्नी सुजैको प्रशंसा गर्दै तस्बिर राखेका छन् ।
उनीहरु २१ दिनको लकडाउनमा सँगै हुनेछन् ।

यसका साथै सुजैनले यो लक डाउनमा छोराछोरीको लागि भए पनि आफू ऋतिकसँग केहि समयको लागि घर फर्किएको बताएकी छन् । यस्तै यस्तो विषम परिस्थितिमा पनि आफ्ना छोराछोरीहरुलाई आफ्ना आमा बाबुबाट टाढा नहुन भनेर सुजैन घर आएको ऋतिकले बताएका छन् ।

उनले लेखेका छन्, ‘अनिश्चितता, धेरै महिनाका लागि सामाजिक दूरी र लकडाउनको रूपमा संसारलाई एकसाथ भेला भएको देख्नु साँच्चिकै मनछुने समय हो । जब विश्वले मानवता सँगै आउने कुरा गरिरहेको छ, मलाई लाग्छ यो त्यस्तो विचार हो जुन आमाबाबुको लागि आफ्ना बच्चाहरूको संरक्षणको लागि हिरासत साझेदारी गर्नु हो’ ।

 

View this post on Instagram

 

. It is unimaginable for me, as a parent, to think of having to be separated from my children at a time when the country is practicing lockdowns. . It is heartwarming to see the world come together as one in this time of deep uncertainty and possibility of months of social distancing and potential lockdowns for several weeks perhaps . . While the world talks about humanity coming together, I think it represents more than just an idea especially for parents sharing custody of their kids. How to keep their kids close to them without infringing on the right of the other who also has an equal right to be with his/her children. . This is a picture of dear Sussanne (my ex wife) , who has graciously volunteered to temporarily move out of her home so that our children are not disconnected indefinitely from either one of us. . Thank you Sussanne for being so supportive and understanding in our journey of co-parenting. . Our children will tell the story we create for them. . I hope and pray that in order to safeguard the health of ourselves and our loved ones, we all find our way to express love, empathy, courage, strength with an open heart ❤️. . #beopen #bekind #bebrave #responsibility #coexist #empathy #strength #courage #oneworld #humanity #wecanfighththis #loveoverfear

A post shared by Hrithik Roshan (@hrithikroshan) on

यस्तै पूर्वपत्नीलाई धन्यवाद दिँदै उनले अगाडी लेखेका छन्, ‘धन्यवाद सुजैन यति सहयोगी र समझदारी भएकोमा । हाम्रा बच्चाहरूले कथा बनाउनेछन् जुन हामी उनीहरूका लागि बनाउनेछौं । म आशा गर्दछु र प्रार्थना गर्दछु कि हामी आँफै र आफ्ना प्रियजनहरूको स्वास्थ्यलाई जोगाउन, हामी सबैले खुला हृदयले प्रेम, सहानुभूति, साहस, बल व्यक्त गर्ने बाटो भेट्टाउनेछौं ।’