लकडाउनको बेला फिल्म ‘आमा’ अब डिशहोममा

कोरोनाको संक्रमणको बेला नेपाली फिल्म ‘आमा’ अब घरमा नै बसेर हेर्न मिल्ने भएको छ ।

फिल्मकी नायिका सुरक्षा पन्तले सामाजिक सञ्जाल फेसबुकबाट आमा अब घरमै बसेर हेर्न मिल्ने बताएकी हुन ।

उनका अनुसार कोरोना भाइरसबाट बच्न फिल्म हल जान नपर्ने र घरमै बसेर हेर्न मिल्ने गरी आउँदो शुक्रबारबाट डिस हेर्नहोम सिनेघर च्यानलमा हेर्न पाइनेछ ।

 

उनले भनेकी छिन्, ‘कोभिड १९’ बाट बच्न घरमा बसौँ भन्दै आउँदो शुक्रबारबाट डिसहोम सिनेघर च्यानलमा चलचित्र प्रशारण हुने जानकारी गराएकी हुन् । उनले सपरिवार हेर्न सकिने बताएका छन् । उनले थप लेखेकी छन्, ‘तपाईको बसाई स्वास्थ्य अनि उपलब्धिमूलक होस् ।’

यता, फिल्मका निर्देशक दिपेन्द्र के खनालले पनि कोरोनाविरुद्धको लडाइँमा एक हौँ भन्दै फिल्म ‘आमा’ घरमा नै हेर्न सकिने बताएका छन् ।

फिल्म आमामा तीन आमाहरुको कथाको प्रस्तुत गरिएको छ, जसमा अभिनेत्री मिथिला शर्मा फिल्मको शीर्ष भूमिकामा देखिएकी छिन् । यस्तै नायिका सुरक्षा पन्त र सरिता गिरी पनि फिल्ममा आफ्नो दमदार प्रस्तुति दिएर आफूलाई अब्बल साबित गरेकी छिन् ।