दिवेशको गीतले निर्णायकको आँखा रसायो

अमेरिकन आइडलको १८ औं संस्करणमा नेपाली मूलका दिवेश पोखरेलले अडिसनबाटै निर्णायकको लगातार मन जितिरहेका छन् । गत हप्ताको दिवेशको प्रस्तुतीमा निर्णायकले उठेर ‘वान्स मोर’ भनेका थिए भने सोमबार राती प्रसारण भएको प्रस्तुतीमा लियोनेल रिचीको आँखा रसाए ।

रिचीले अन्य दुई निर्णायकलाई हेरेर भने, ‘उनको प्रस्तुतीले मेरो आँखा रसाए । मलाई माफ गर्नुहोस् ।’ दिवेशले ‘हलिउड विक’ नाम दिइएको उक्त राउन्डमा सिसिआर ब्यान्डको ‘ह्याभ यु एभर सिन द रेन’ गाएका थिए ।