कनिकको तेस्रो पटकको टेस्ट पनि पोजीटिभ

कोरोना संक्रमित भारतीय गायिका कनिक कपुरको तेस्रो पटकको टेस्टको रिपोर्ट पनि पोजीटिभ आएको छ । तेस्रो टेस्टको रिपोर्ट मंगलबार राति आएको थियो ।

‘बेबी डल’ गायिकाको उपचार लखनउ स्थित संजय गान्धी पोष्ट ग्र्याज्युएट इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा भैरहेको छ । हस्पिटलका निर्देशक प्रोफेसर आर. के. धिमानले कम्तिमा पनि दुइ टेस्ट नेगेटिभ नआएसम्म कनिकाको उपचार जारी रहने बताएका छन् ।

त्यसैगरि कनिका संगै २ दिन ताज होटेलमा बसेका उनका साथी ओजस देसाइको टेस्ट भने नेगेटिभ आएको बताइएको छ । ओजस स्वयमले आफुले कस्तुर्बा हस्पिटलमा जांच गराएको र रिपोर्ट नेगेटिभ आएको बताउदै सामाजिक संजालमा आफ्नो रिपोर्ट पनि राखेका थिए ।