प्रियंका-आयुष्मानको कोरोना सचेतना (भिडियो)
प्रियंका कार्की र आयुष्मान देशराज जोशीले युट्युबमा एक भिडियो पोष्ट गर्दै कोरोना सम्बन्धि जानकारीहरु दिएका छन् । उनीहरुले यस्तो बेला गर्न हुने र नहुने कुराहरु बताएका छन् । भाइरसको संक्रमण हामीले गर्ने कामले नै निर्धारण हुने हुनाले सचेत रहन उनीहरुले सुझाए ।
उनीहरुले नियमित रुपमा २० सेकेन्ड साबुन पानि या अल्कोहल युक्त ह्यान्डवाशले हात धुने, स्यनिटाइजरको प्रयोग गर्ने, हाँछिउँ गर्दा टिस्स्यु प्रयोग गर्ने या त कुहिनोमा गर्ने, मानिसहरु संग एक मिटरको दुरीमा बस्ने, अस्वस्थ महसुस भएमा घरमै सेल्फ आइसोलेसनमा बस्ने, दैनिक कम्तिमा पनि ८ देखि १० ग्लास तातो पानि पिउने, नून पानि या कागती पानिले दिनमा कम्तिमा दुइ पटक कुल्ला गर्ने जस्ता संदेशहरु भिडियो मार्फत दिएका छन् । त्यस्तै उनीहरुले हातले आँखा, नाक र मुख नछुने, घरबाहिर ननिस्किने र निस्किनुनै पर्ने भए मास्क लगाउनु पर्ने बताए ।
प्रतिक्रिया