परिवारको साथ सुरक्षित समय व्यतित गर्दै ऋचा शर्मा
कोरोना भाइरसको संक्रमणको कारण नेपालमा समेत एक हप्ताको लागि लकडाउन गरिएको छ । यहि समय कलाकारहरु सेल्फ आइसोलेसनमा बसेर सामाजिक संजाल मार्फत चेतना समेत फैलाउदै छन् । कलाकार ऋचा शर्मा पनि यो समय घरमा नै रहेर आफुले आफुलाई समय दिदै छिन् ।
हाल सालै विवाह गरेकी उनले रियालिटी शो ‘कमेडी च्याम्पियन’ र आमाको निधनले श्रीमान तथा परिवारलाई खासै समय दिन पाएकी थिइनन् । सकारात्मक पाटो भन्न पर्छ, यो लक डाउनले उनलाई परिवारका सदस्यको नजिक हुने मौका दिएको छ । काममा नै ब्यस्त रहने कलाकारको जीवनमा एक प्रकारको छुट्टी मिलेको छ ।
सामाजिक संजालमा उनलाई पछ्याउदै गर्दा पछिल्ला केही दिन उनी कोभिड १९ सम्बन्धि सुचनाको साथ साथै घर मै समय दिदै खुसि रहेकी छन् । कहिले उनी बोट बिरुवाको स्याहार गर्दै देखिन्छिन् भने कहिले उनको कुकुर ‘झिल्कु’ संग खेल्दै गरेको । हाल सार्वजनिक पोष्टमा भने उनी भान्जा र श्रीमानको साथ रमाइलो गर्दै छिन् । उनी खुसी छिन्, सतर्क छिन् र सकारात्मक संदेश फैलाउदै घर भित्र बसेर रमाउदै छिन् । अन्यले पनि बुझ्न जरुरी छ यो समय घरमै बसेर आफु र परिवारको साथ् रमाउने बेला हो ।
प्रतिक्रिया