बेलायतबाट फर्किएपछि ‘मारुनी’ की निर्माता पुनम सेल्फ-क्वारेन्टाइनमा
‘मारुनी’ फिल्मकी निर्माता पुनम गौतम तीन साता बेलायत बसेर स्वदेश फिर्ता भएपछि सेल्फ क्वारन्टाइनमा बसेकी छिन् । बेलायतमा रहँदा सँगै बसेकी एक महिलालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि गौतम सेल्फ क्वारेन्टाइनमा बसेको बताएकी छिन् ।
उनले मेरोफिल्मसँग कुराकानी गर्दै भनिन्, ‘हामी बेलायतमा सँगै बसेर लन्च, डिनर र सार्वजनकि कार्यक्रममा थियौ । पछि नेपाल आइसकेपछि उहाँलाई कोरोनाको संक्रमण देखिएको छ। यसले मलाई पनि आशंका लागेपछि सेल्फ क्वारेन्टाइनमा बसेकी हुँ । एक्काईस दिन भैसक्यो हामी आएको, त्यस्तो डराउनु पर्ने कुनै लक्षण देखीएको छैन र निरन्तर डाक्टर सँग सल्लाहमा छौ ।’
निर्मात्री पुनमसँगै मारुनीकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि सँगै बेलायत बसेर स्वदेश फर्किएकी हुन् । उनीहरुसँग सार्वजनकि कार्यक्रममा बस्ने महिला भगवती रानाभाट बेलायतमै कोभिड १९ को संक्रमणपछि आइसोलेशनमा बसेर उपचार गराइरहेकी छिन् । उनले आफूलाई कोरोना भाइरस संक्रमण भएको आफ्नो फेसबुकमार्पत जानकारी दिएकी थिइन्।
प्रतिक्रिया