कोरोना संक्रमित अभिनेता टम ह्यांक्स र पत्नी रिताको स्वास्थ्यमा सुधार

कोरोनाबाट संक्रमित हलिवुड अभिनेता टम ह्यांक्स र उनकी पत्नी रिता विल्सनको स्वास्थ्यमा सुधार आएको छ । उक्त कुराको जानकारी टम ह्यांक्सले आफ्नो अधिकारीक फेसबुक मार्फत दिएका हुन् ।

उनले लक्षणहरु देखिएको दुइ हप्ता पछि आफुहरुले आराम महसुश गरेको बताएका छन् । उनीहरु अहिले पनि आइसोलेसनमै छन् ।

Hey, folks. Two weeks after our first symptoms and we (Rita Wilson) feel better. Sheltering in place works like this:…

Gepostet von Tom Hanks am Sonntag, 22. März 2020

केहि दिन अघि उनीहरु अस्ट्रेलिया गएका थिए । त्यहाँ रोगका लक्षणहरु देखिएपछि टेस्ट गराउँदा उनीहरुमा कोरोनाको संक्रमण देखिएको थियो । चर्चित गायक एल्भिस प्रेसले को जीवनीमा आधारित फिल्मको छायांकनको लागि ह्यांक्स अस्ट्रेलिया गएका हुन् । फिल्मलाई बाज लरमानले निर्देशन गर्दै छन् र ह्यांक्सले फिल्ममा प्रेसलेको म्यानेजर कोलोनेल टम पार्करको भूमिका निभाउदै छन् ।