हलिउड अभिनेत्री इभान्जेलिनले मानिनन् सेल्फ क्वारेन्टाइनमा बस्न
कोभिड-१९ ले त्रास फैलाइरहेका बेला हलिउड अभिनेत्री इभान्जेलिन लिलीले सेल्फ क्वारेन्टाइनमा सामाजिक दूरी बढाउन अस्वीकार गरेकी छिन् । उनले आफ्ना सबै काम नियमित रुपमा गर्ने बताउँदै आफ्नो परिवार सबै ठीकठाक रहेको बताएकी छन् ।
उनले इन्स्टाग्राममा चिया खाँदै गरेको तस्बिर हाल्दै आफ्नो दिनचर्या सामान्य रहेको संकेत दिएकी छिन् ।
यसका साथै छोराछोरीलाई जिम्न्यास्टिक क्याम्पमा छाडेको, उनीहरु हत धोएर भित्र गएको र खुसी रहेको उलेलेख गरेकी छिन् ।
उनको यो भनाइपछि उनलाई फ्यानहरुले चर्को आलोचना गरेका छन् ।
प्रतिक्रिया