जनता कर्फ्युलाई आमिर, दिपिका र काजोलको समर्थन
बलिउड सेलेब्रेटीहरु आमिर खान, दिपिका पादुकोण र काजोलले आइतबारको जनता कर्फ्यु लाई समर्थन गर्दै सबै सँग कर्फ्यु सफल पार्न अपिल गरेका छन् । उनीहरुले आ-आफ्नो सामाजिक संजाल मार्फत उक्त अपिल गरेका हुन् ।
दिपिकाले नरेन्द्र मोदीको ट्वीटमा कमेन्ट गर्दै आफुले पनि कर्फ्युको पालना गर्ने भन्दै अहोरात्र बिरामीहरुको सेवामा खटिएका स्वास्थ्यकर्मी हरुको पनि प्रसंशा गरेकी छिन् ।
A mature and comforting address by our Honourable Prime Minister!?? @narendramodi
I pledge to support the #JantaCurfew on Sunday #22ndMarch 7AM-9PM and also join in acknowledging the selfless and untiring efforts of our nation’s medical fraternity at 5PM!#JaiHind https://t.co/zzEortg58Q
— Deepika Padukone (@deepikapadukone) March 21, 2020
अभिनेता आमिर खानले ट्विट गर्दै सबैजना घरमा बसेर आफ्नो भलो गरौँ भनेका छन् ।
Lets all do ourselves a favour by staying at home tomorrow – Janta Curfew Day – and until such time as things settle down. Lets pray for the safety of all those working day and night to keep the rest of us safe.
Love.
a.— Aamir Khan (@aamir_khan) March 21, 2020
अभिनेत्री काजोलले छोरा युग सँग एक भिडियो पोस्ट गरेर घरमा बस्नु परिवारको लागि समय दिने अवसर भएको बताईन् ।
कोरोनाको संक्रमणलाई फैलन नदिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबारको लागि स्वैच्छिक जनता कर्फ्युको अपिल गरेका थिए । प्रधानमन्त्रीको उक्त अपिललाई धेरैजनाले समर्थन गरिरहेका छन् । कर्फ्यु आइतबार बिहान ५ बजे देखि शुरु भैसकेको छ र यो राति ९ बजे सम्मको लागि तोकिएको छ ।
प्रतिक्रिया