‘परिवारसँग बसौं, कोरोनाबाट बचौं’
कलाकार दीपकराज गिरीले कोरोनाको त्रासलाई अवसरको रुपमा लिएर पारिवारिक वातावरणमा बस्न आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर उनले सकभर घर बाहिर ननिस्किन आग्रह गर्दै सरकारको नियम पालना गर्न आग्रह गरे।
उनले भने, ‘कोरोनाको बारेमा बुझौ र पारिवारसँग घरमै समय बिताउन प्रकृति अवसर दिए जस्तो लाग्छ। सरकारले पनि यति बेला संवेदनशील भएर सचेत रहन आग्रह गरेको छ। हामी यसलाई सकारात्मक लिऔं।’
उनले कलाकारहरुलाई सामाजिक उत्तरदायित्व निर्वाह गर्न आग्रह गर्दै घरपरिवारसँग बस्न समेत आग्रह गरेका छन्।
यसका साथै उनले समाचार दिने सञ्चार माध्यमहरुलाई पनि छानेर मात्रै अध्ययन गर्न सुझाव दिए। उनले भने,’ समाचार आजभोलि गतल दिनेहरु, भ्रम फैलाउनेहरु धेरै छन्। त्यसमा पनि आधिकारिता हेरेर मात्रै पढ्नुस्। सामाजिक सञ्जालको भ्रममा नफस्नुस् ‘
मानिसको लागि सबैभन्दा ठूलो स्वास्थ्य भएको बताउँदै पहिला प्रतिरक्षा प्रणाली बलियो बनाउनु पर्ने बताए। उनले भने,’ हामी नेपालीहरु केही भइहाल्यो भने डाक्टर जना डाक्टर बन्न खोज्छौ।तर त्यस्तो नगरौ। आफ्नो स्वास्थ्यको आफै ख्याल राखौ। भिटामिन सी लगायतका पौष्टिक पदार्थहरु खाऔं’
प्रतिक्रिया