कोरोनाको त्रासले ‘कान्स फिल्म फेस्टिभल’ स्थगित
कोरोना भाइरसको त्रासले बहुचर्चित फिल्म फेस्टिबल ‘कान्स फिल्म फेस्टिभल’ स्थगित भएको छ ।
आयोजकले विज्ञप्ति जारी गर्दै इतिहासमा नै पहिलो पटक कोरोनाको त्रासले यस्तो निर्णय गरेको हो। सन् १९४६ मा सुरु भएको यस फिल्म फेस्टिभल पहिलो पटक सरेको हो ।
फेस्टिभलको लागि आगामी १६ अप्रिलमा पत्रकार सम्मेलन आयोजना गर्ने भनिए पनि कोभिड-१९ का कारण स्थगन गरिएको र अब यो फेस्टिभल जून अथवा जुलाईमा हुने सम्भावना रहेको बताइएको छ ।
यसअघि आगामी मे १२ र २३ आयोजना हुने तयारीमा रहेको यस फेस्टिभलले सबैको स्वास्थ्य मध्यनजर गर्दै यो निर्णय लिएको बताइएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार भाइरस विश्वका १७७ देशमा तीव्र गतिमा फैलिइरहेको छ । कोभिड १९ विश्भर तीव्र गतिमा दिनप्रतिदिन फैलिइरहँदा मर्नेको संख्या दिनानुदिन बढ्दो छ ।
प्रतिक्रिया