कोरोना भाइरसको संक्रमणमा परेकी बेलायती नायिका ओल्गा कुरिलेन्काले आफू प्यारासिटामोल मात्र खाएर सन्चो भएकी बताएकी छिन् । संक्रमण पत्ता लागे लगत्तै आइसोलेशनमा बसेकी उनी चिकित्सकले खानका लागि आफूलाई प्यारासिटामोलमात्र दिएको बताउँदै उनले त्यही खाएर र आइसोलेसनमा बसेर आफू निको भएको बताएकी छन् ।
कोरोना भाइरसको प्रकोप संसारभर बढिरहेका बेलामा उनले इन्स्टाग्राममा आफ्नो अनुभव बाँड्दै ज्यानमारा भाइरस भए पनि चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बस्दा निको हुन सकिने बताएकी छन् ।
मुखमा मास्क लगाएको तस्वीर राख्दै उनले लेखेकी छिन्‚ ‘म अहिले सञ्चो भइरहेको छु, मेरो ज्वरो हराइसक्यो । धैरैलाई लाग्ला अहिले म कहाँ छु भन्ने। म अहिले लण्डनमा छु ।’
उनले शंका लागेपछि परीक्षण गर्दा परिक्षणको नतिजा पोजेटिभ देखिएको बताउँदै उच्च ज्वरो भएकाले चिकित्सकले प्यारासिटामोल दिएको तर अन्य औषधि नदिएको उल्लेख गरेकी छ्न् । उनले रोग प्रतिरोधात्मक क्षमता बढाउन आफूले केही भिटामिन भने खाएको बताएकी छिन् । उनले भिटामिनले कोरोना भाइरसलाई नरोकेपनि रोग प्रतिरोधात्मक क्षमता भने बढाउने विश्वास व्यक्त गरेकी छिन् । आइसोलेसनमा बस्दा उनले भिटामिन बी फाइभ, भिटामिन सी र भिटामिन ई खाएकी बताएकी छिन् ।
आफू अस्पतालमा नबस्नुको कारण खुलाउँदै उनले लेखिन्‚ ‘अस्पतालमा गम्भीर भइसकेका बिरामीहरु थिए, त्यसैले म अस्पतालमा बसिन । घरमा एक्लै बसेर आफैंले पनि उपचार गर्न सकिने भएपछि म फर्किएर र आफैंलाई थुनेर बसें ।’
प्रतिक्रिया