कोरोनाका कारण रोकियो कलाकारको विवाह

कोरोना भाइरसको कारण भारतमा ‘लक डाउन’ चलिरहेको छ । फिल्मको छायांकन बन्द गरिएको छ । यहि बीच चर्चित सेलिब्रेटीले विवाह समेत पछी सारेको जानकारी दिएका छन् । बरुण धवन-नताशा दलाल र ऋचा चड्ढा-अलि फजलले यही समर हुने भनिएको विवाह रोकेका छन् ।

मेमा हुने भनिएको वरुणको विवाह तथा अप्रिलमा हुने ऋचाको विवाह रोकिएको हो । यसको कारण समेत कोरोनालाई नै मानिएको छ । वरुणको विवाह थाइल्याण्ड हुने कुरा थियो भने पछिल्लो समय जोधपुर् सारिएको थियो । तर अब स्थान मात्र हैन समय नै परिवर्तन भएको छ नोभेम्बर सम्मलाई विवाह स्थगन भएको छ भने अब विवाह थाइल्याण्डमा नै हुने सम्भावना बढेको छ ।

ऋचाको अप्रिलमा हुने भनिएको विवाहका लागि युएस र युरोपबाट पाहुना आउने बताइएको थियो । विवाहको लागि दिल्लीलाइ छानिएको थियो । लकडाउनको कारण विवाह अगिल्लो बर्ष सम्मलाई रोकिएको छ ।