‘नेपाल आइडल’को सुटिङ अन्‍योलमा

काठमाडौं- सरकारले २५ जनाभन्दा धेरै मानिस भेला नगर्न आग्रह गरेपछि चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को सुटिङ अन्योलमा रहेको छ।

नेपाल आइडलको टप फोर हुन बाँकी रहेको र वाइल्ड कार्डबाट एकजना ल्याउने तयारी नियम अनुसार जमघट हुने भनिए पनि आन्तरिक बैठकपछि मात्रै निर्णय लिइने नेपाल आइडलका निर्देशक लोकेश बज्राचारयले बताए।

उनले भने, ‘नेपाल आइडलको टप फोर हुन बाँकी छ।वाइल्ड कार्डबाट पनि एक जना छनोट हुन्छ। ग्राण्ड फिनाले बाहिर गर्ने कुरा पनि अझै थाहा नभएकाले हामी आन्तरिक र व्यववस्थापनको मिटिङ गर्छौ।’

अहिले एपीवान टेलिभिजनबाट नेपाल आइडल सिजन-३ प्रत्येक बिहीबार र शुक्रबार सञ्चालन हुँदै आएको छ।