‘नेपाल स्टार’लाई कोरोनाको प्रभाव पर्दैन

काठमाडौं- सरकारी स्वामित्वमा सञ्चालित चर्चित गायन रियालिटी शो ‘नेपाल स्टार’लाई कोरोनाको प्रभावले नछुने निर्माण पक्षले जनाएको छ।

प्राय आधाभन्दा धेरै एपिसोड खिचिसकिएकाले कोरोनाको प्रभाव नपर्ने नेपाल स्टारका निर्देशक रवि श्रेष्ठले मेरो फिल्मलाई जानकारी दिए। उनले भने ‘नेपाल स्टारको प्राय आधा भाग सुटिङ भइसकेको छ। हामीले नौ भाग सुटिङ भइसकेको छ। अब ७ एपिसोड बाँकी छ।’

उनका अनुसार नेपाल स्टारको अबको सुटिङ अनलाइन क्यामरा मार्फत हुने र निर्देशक अनि प्रतियोगीहरु रहन्छन्। यसका साथै बिहीबार नेपाल टेलिभिजनसँग कोरोनाको प्रभावबारे बैठक बसेर आगामी निर्णय लिने उनको भनाई छ।

नेपाल स्टारको निर्णायक मण्डलमा गायक रामकृष्ण ढकाल,गायिका अन्जु पन्त र संगीतकार आलोक श्री रहेका छन् भने कार्यक्रमको होस्ट सञ्जोक बस्याल र निशा पाठकले गरेकी छिन्।