‘डान्सिङ विद द स्टार नेपाल’ पर्ख र हेरको अवस्थामा

 

कोरोना भाइरसको प्रभाव मनोरञ्जन क्षेत्रमा परिरहँदा वैशाख पहिलो सातादेखि सुरु हुन लागेको ‘डान्सिङ विद द स्टार नेपाल’ रियालिटी शो पर्ख र हेरको अवस्थामा छ।

बीबीसी स्टुडियोको फर्म्याटमा आधारित बिश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’को नेपाली संस्करणका रुपमा ‘डान्सिङ वीथ द स्टार नेपाल’ को पहिलो सिजन यही बैशाख पहिलो सातादेखि हिमालय टेलिभिजनमा प्रसारण हुने भएकाले पर्ख र हेरको अवस्थामा रहनु परेको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए।

उनले भने, ‘हामी पहिलो सिजनमा भएकाले दर्शक धेरै राख्दैनौ। प्रतियोगीहरुलाई नै राखेर कार्यक्रम बनाउँछौ। तर अवु्था अत्यन्तै गम्भीर भए हामी पनि सोच्छौ। अहिले पर्ख र हेरको अवस्थामा छौ।’

बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायतका बिश्वका ६० भन्दा धेरै देशमा प्रसारण भइरहेको बिश्वकै नम्बर एक डान्सिङ रियालिटी सो को प्रेन्चाइज लिइ हिमालय टेलिभिजनले उत्पादन तथा प्रसारण गर्न लागेको हो। हरेक शुक्रबार र शनिबार राति सुपर प्राइम टाइम ८ बजेदेखि प्रसारण हुने पहिलो सिजन २६ इपिसोडको हुनेछ।

हिमालय टेलिभिजनको स्वामित्व नयाँ व्यबस्थापनले लिएपछि घोषणा गरिएका फ्रेन्चाइज रियालिटी शोहरु एकपछि अर्को गर्दै दर्शकमाझ लोकप्रिय हुँदै गइरहेका छन्।

‘द भोइस अफ नेपाल सिजन-२’ हरेक सूचकांकमा नम्बर एक रियालिटी शो बन्न सफल भएको छ भने हिमालय रोडिज सिजन-३ नेपाली युवा पुस्ताको पहिलो रोजाइको सोका रूपमा प्रसारण भइरहेको छ ।

भारतमा बिगत १० बर्षदेखि सोही डान्सिङ विथ द स्टार्स शो ‘झलक दिखलाजा’ नामले संचालन भइरहेको छ। सन् २०१७ मा नेपाली चेली तेरिया मगरले झलक दिखलाजाको नवौं सिजनको टाइटटल विनर भएपछि यो शो नेपालमा अत्याधिक लोकप्रिय हुँदै आएको छ।