तारा देवि, सिन्धु मल्ल र इन्दिरा जोशीसंग आवाज सेयर गरेका गायक ढुंगेल

बाल गायन मार्फत सानो उमेरबाट नै रेडीयो नेपाल प्रवेश गरेका गायक विनोद राज ढुंगेलले आफ्नो नयाँ एल्बम तयारी गरिरहेका छन् । पहिलो एल्वम ‘मनको डायरी’ सार्वजनिक गरेका उनले उक्त एल्बम मार्फत चर्चा बटुले । हाल सम्म २दर्जन बढी गीतमा आवाज दिएका उनी आफैमा भने एक व्यवसायी समेत हुन् । भक्तपुरमा जन्मिएका उनले रास्ट्रीय नाच घर जमलमा एकल गायन प्रस्तुति समेत गरेका छन् । उनको ‘सुनकेभारा’ एल्वममा समग्र गीत समेटेर निकालेका छन् ।

रेडियो नेपालमा रहदा उनले मिरा राणा, तारा देवी लगायतसंग समेत बाल गीतमा काम गरिसकेका छन् । पहिलो एल्वम लोक गीतको निकालेको भए पनि उनी आफुलाई सबै प्रकारको गीत मन पर्ने बताउछन् ।

अब आउन लागेको एल्वममा भने उनले ६ गीत समेट्ने छन् । एल्वम छिट्टै नै सार्वजनिक गर्ने तयारी समेत रहेको मेरो फिल्म संगको कुराकानीमा बताए । सिजी ग्रुप अन्तर्गत फ्रीलायन्सरको रुपमा कम गर्दै उनले संगीतलाई समेत अगाडी बढाउदै लागेका छन् ।

लोक दोहोरी मार्फत उनले रास्ट्रीय पुरस्कार समेत प्राप्त गरेका थिए । उठाउ यी हात हरु बोलको रास्ट्रीय गीत उनको एकदमै प्यारो गीत हो । उनले ‘वास्तविकता यसरी छर्लंगीन्छ’ नाटकमा ‘शिक्षक’ को भूमिकामा देखिएका थिए भने केही कविता समेत लेखेका छन् । उनले साधना कला केन्द्रमा समेत भोकल सिकेका छन् । उनले रानीको प्रसंसामा समेत एक गीत गएका थिए। तारा देवीको ‘सुन्दर बनमा’  गीतमा ब्याकग्राउण्ड भोकलिस्टको रुपमा काम गरेका थिए ।

उनले सिन्की अचार बोलको गीतमा इन्दिरा जोशीसंग सहकार्य गरेका छन् । त्यस्तै उनले मनको डक्टर बोलको गीतमा सिन्धु मल्लसंग काम सेयर गरेका छन् । लामो समयबाट संघर्षरत ढुंगेललाई सफलताको शुभकामना।