आयंकाको तीन पटक गरिएको स्वयंबर

सेलिब्रेटी भएसंगै उनीहरुको व्यक्तिगत जीवन समेत व्यक्तिगत रहदैन । यसमा कलाकार स्वयम्को पनि हात भने रहन्छ ।

अचानक आयुष्मान देशराज जोशी र प्रियंका कार्कीको इन्गेजमेन्टको खबर बाहिरियो । त्यो खबरको केहि दिन मै उनीहरुले दोश्रो पटक समेत इन्गेजमेन्ट गरे । यो करिव २बर्ष अगाडीको घटना हो ।

फेरी यी दुइले स्वयम्बर अर्थात इन्गेजमेन्ट गरेका छन् । यसरी हेर्दा उनीहरुले तेश्रो पटक समेत स्वयम्बर गरेको देखियो ।

मानिसले जीवनमा विवाह त एक पटक मात्रै गर्छन्, भने उनीहरुले त स्वयम्बर नै ३ ३ पटक गरे ।

के यो उनीहरुको सम्बन्ध टिकाउने प्रयास हो ?  हुन त फिल्म क्षेत्र हो केहि भर पनि त हुदैन।