प्रियंका संगको उमेर अन्तराल बारे पहिलो पटक बोले निक जोनस
प्रियंका चोपडा र निक जोनस सन् २०१८ को डिसेम्बरमा विवाह बन्धनमा बाँधिएका थिए । उनीहरु बीच १० वर्षको उमेर अन्तराल रहेको छ । यहि उमेर अन्तरललाइ लिएर मानिसहरु धेरै कुरा हरु गर्ने गर्छन । तर यस पटक पहिलो चोटी निकले त्यस बिषयमा बोलेका छन् ।
उनि रियालिटी शो ‘द भोइस’ मा जजको रुपमा छन् र शो कै अर्की जज केलीले -‘म ३७ वर्षकि भए तिमि २७ वर्षको हैन ?’ भन्दा निकले ‘मेरी पत्नी ३७ वर्षकि हुन्, यसले फरक पार्दैन’ भनेका छन् ।
प्रियंकाले भने यस अघि नै यस बिषयमा बोलिसकेकी छिन । उनले आफु आफ्नो सम्बन्ध बाट खुशी रहेको र अरुले के भन्छ भन्नेकुरा को पछि नलाग्ने बताएकी थिइन ।
प्रतिक्रिया