अष्ट्रेलियामा नेपालका चर्चित ३ ब्याण्डको एकैपटक प्रस्तुति
नेपालका चर्चित तीन वटा ब्याण्डले अस्ट्रेलियाको ब्रिसवेनमा एकसाथ आफ्नो प्रस्तुती दिने भएका छन् । 1974 AD, मंगोलियन हार्ट र एज ब्याण्डले पहिलो पटक अष्ट्रेलियामा संयुक्त रुपमा कन्सर्ट गर्न लागेका हुन् । कन्सर्ट अप्रिल ७ मा १६ सय मानिस अट्ने हल टिभोलीमा हुनेछ । सि इभेन्टका सन्तोष कुँवरले यो ऐतिहासिक क्षण हो भनेका छन्। सिड्नीमा छुट्टा छुट्टै कन्सर्ट गर्न आउन लागेका यी ब्याण्डलाई कुँवरको इभेन्टले एक साथ ब्रिजवेनमा भित्र्याउन लागेको हो ।
यो कन्सर्ट लाइभ म्युजिक मेलाको पांचौ संस्करण हो र कन्सर्टको आयोजना सि इभेन्टले गरेको हो । सि इभेन्टले यसअघि नेपथ्य, कर्मा व्याण्ड, एज ब्याण्ड, यम बुद्ध लगायतलाई लगेर कन्सर्ट गरिसकेको छ । कन्सर्टलाई इशान एजुकेशन र कुइन्सफोर्ड कलेजले प्रयोजन गरेको हो ।
टिकट मास्टर डट कममा गएर काट्न सकिनेछ । छिट्टै टिकट काट्नेलाई टिकटको मूल्य ३० डलर पर्नेछ भने ढिला गरि काटेमा महँगो पर्नेछ ।
प्रतिक्रिया