इण्डोनेसियन आमाकी नेपाली छोरीको गीत गायक भट्टराईलाई मनपर्यो
नेपाली भाषाको कति पनि ज्ञान नभएकी एक छोरीले आफ्ना नेपाली बाबुलाइ गीत उपहार दिएकी छन् । इन्डोनेसियन आमा र नेपाली बाबुकि छोरी आइशा डोटेलले नेपाली गीत गएर एक च्यानलमा राखेकी छन् । लक्ष्मी प्रसाद देवकोटाकी नातिनी प्रगति देवकोटाले लेखेको गीत आइशाले गएकी छन् । नेपाली भाषा उच्चारण नै गर्न नजान्ने भएको भए पनि उनले धेरै मेहेनत गर्दै गीत सार्वजनिक गरेकी छन् । १० कक्षामा पढ्ने आयषा किशोर अवस्थामा नै छन् । उनको यो गीत आफ्ना बाबुको लागि उपहार भनेर तयार गरेकी हुन् ।
उनले गएको गीत ‘गाडी गुड्छ नेपाली’ लाई चर्चित पप गायक नविन के भट्टराइले आफ्नो सामाजिक संजालमा सेयर गरेका छन् । सेयर गर्दै उनले गायिकाको खुलेर प्रसंसा गरेका छन् ।
हेरौ उनको बिचार:
स्कुलमा हुँदा जब पनि कहिले काही गुनगुनाउथे, धेरैले गीत नगाउनु भन्थे। खासै मलाई भगवानले गीत गाउन पठाएको होइन, गित त इख ले गाएको हुँ। जब पनि अवार्ड थाप्छु, मलाई गीत नगाउनु भन्नेहरुलाई जवाब दिएको जस्तो लाग्छ। झन् कन्सर्टमा मेरा गीतहरु जब श्रोताहरुले संगै गाउछन, लाग्छ ति मलाई दुक्कारने हरुलाई झापड हान्दै छन्।
शुरु गर्दा कहाँ सजिलो थियो र, झन् मैले जसरि संगीत गरे त्यो बिल्कुलै नौलो थियो। पप गित लाइ हेला गर्ने त्यो जमानामा मलाई यस्तो गीत बनाउनु थियो जुन गीत ले पप गीत नसुन्नेको मन पनि जितोस। त्यसैले मैले पहिलो चोटी पश्चिमेली संगीतमा पूर्वेली राग मिसाए। एउटा नौलो प्रयोग थियो त्यो। त्यतिबेला चलि रहेको मुखडा, अन्तरा, अन्तरा अनि मुखडा को शृंखला तोडे।
थुप्रै नौलो प्रयोग गरेको थिए, जुन आज पनि चलि रहेको छ। त्यसैले कहीं नौलो प्रयोग भएको गित सुन्दा मेरा संघर्षका दिनहरु याद आउछ।
आज मलाई एउटा गित तपाईलाई सुनाउन मन लाग्यो, नेपाली पाराको यो संगीत अलि पश्चिमेली शैलीमा गाइएको छ। १५ बर्षे यी गायिकालाइ नेपाली पटक्कै आउदैन तर पनि यो नेपाली गीत गाउने प्रयाश सराहनीय छ। उनले आफ्नो नेपाली बुवालाई उपहार स्वरूप यो गीत गाएकी रे।
प्रतिक्रिया