‘रातो टालो’ प्रिमियर सम्पन्न
हुम्ला जिल्लामा ५० वर्षअघिको अन्तरजातीय प्रेमकथामा आधारित गीतिकथा ‘रातो टालो’को काठमाडौंमा प्रिमियर गरिएको छ । रातो टालो प्रोडक्सनले निर्माण गरेको गीति कथामा जातीय विभेद, रहनसहन, भेषभुषा, चाडवाड, रीतिरिवाज लगायतलाई देखाइएको छ । हुम्लाको छिप्रा, कारङ, रानीवन र दोजामखोलामा छायांकन गरिएको गीति कथा खस भाषामा तयार पारिएको हो । हुम्लाको सदरमुकाम सिमीकोटदेखि तीन दिन पैदल हिडेपछि दोजामखोला पुग्न सकिन्छ ।
डाइमण्ड उप्रेतीले निर्देशन गरेको गीति कथामा आश्मा पोखरेलले सहनिर्देशन गरेका छन् । शब्द, संगीत, कथा र गायन जगदिश हमालको रहेको छ । गीति कथामा सूर्यबहादुर शाही, युविना भट्टराई, जगदिश हमाल, शोभा शाही, छिरिङ सोनाम लामा र सदीक्षा रोकायाको अभिनय छ । गीति कथामा इतिशा पोखरेल र अविनाश लामाको छायांकन छ ।
छिप्रामा जन्मिएका जगदिशले हुम्लाको वास्तविक तस्वीरलाई धेरैका माझ लैजानका लागि गीति कथा तयार पारेको र प्रिमियर सोबाट राम्रो प्रतिक्रिया पाएको बताए ।
प्रतिक्रिया