भन्न सजिलो गर्न गारो है, दिवाकर जी !

शुक्रबारबाट २ नेपाली फिल्म प्रदर्शनमा आएका छन्, ‘सांग्लो’ र सेल्फी किंग । लामो समयपछि एक्सन किंगका नामले परिचित विराज भट्ट निर्माण तथा निर्देशनमा फर्किएका छन् । उनको पुरानो क्रेज उतिकै रहेको देखिन्छ । उनको फिल्म हेर्न हलसम्म धेरै दर्शक पुगेका छन् ।

तर ठीक विपरित डेब्यु निर्देशककै फिल्म ‘सेल्फी किंग’ को ब्यापार आशातित छैन । फिल्मको लिड क्यारेक्टर विपिन कार्कीको अभिनयको चौतर्फी प्रसंसा हुने भए पनि यो फिल्मले बक्स अफिसमा खासै धुम मचाउन सकेन।

यहि बीच ‘ऐश्वर्या’ निर्देशक दिवाकर भट्टराईले एक लामो स्ट्याटस लेख्दै ‘सो कल्ड’ स्टार लाई च्यालेन्ज गरेका छन् । एक दिन मात्रै भए पनि दर्शक हल सम्म तानेर देखाउन गरेको उनको कटाक्ष विपिन तिर पो हो कि ?

तर उनी आफै भने गफ मै रमाएका छन् । आफु निर्देशित फिल्मकी नायिकालाई नै श्रीमती बनाएर उनी ससुराली घुम्दै बसेका छन् ।

बिहे अघि नै गएको हनिमुन मै ‘कथा खोज्न गएको’ भनेर गफ दिने उनी, आफ्नै श्रीमतीलाई भनेर फिल्मको कथा लेख्दै गरेको पनि बताउथे ।

तर अहिले सम्म न त उनी फिल्म घोषणा गरेर फ्लोरमा जान सकेका छन् , न त उनकी नायिका श्रीमतीले अरु कुनै फिल्म साइन गरेकी छन् ।

अरुलाई भन्न सजिलो आफै गर्न गारो है दिवाकर जी !