‘निफ’ मा भारतीय निर्देशक झाको ‘मास्टरक्लास’

नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) मा भारतीय फिल्म निर्देशक प्रकाश झाले मास्टरक्लास दिने भएका छन् । मुख्य निर्णायकको रुपमा नेपाल आउन लागेका प्रकाश झाले फागुन ३ गते आफ्नो अनुभबहरु सुनाउने भएका हुन् । सामाजिक तथा राजनीतिक बिषयहरु माथि फिल्म बनाउने झाले ‘हिप हिप हुर्रे’, ‘मृत्युदण्ड’, ‘राहुल’, ‘दामुल’, ‘गंगाजल’, ‘अपहरण’, ‘राजनीति’, ‘आरक्षण’, ‘चक्रब्यूह’ जस्ता फिल्महरु निर्देशन गरेका छन् ।

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा फागुन १ देखि ५ गतेसम्म काठमाडौंको सभागृह, सर्वनाम थिएटर तथा पर्यटन बोर्डको हलमा सञ्चालन हुने महोत्सवमा १० अन्तर्राष्ट्रिय कथानक फिल्म, ३५ लघु फिल्म, ५ नेपाली कथानक फिल्म, १५ नेपाली लघु फिल्म, ८ वृत्तचित्र र ६ एनिमेटेड फिल्महरु प्रदर्शन हुनेछन् । ५५ देशका ६ सयभन्दा बढी फिल्मबाट छानिएका उत्कृष्ट ८० वटा फिल्म महोत्सबमा प्रदर्शन हुनेछन् । फेस्टिभलमा नेटफ्लिक्सका प्रतिनिधीले डिजिटल स्ट्रिमिङको अनुभव बाँड्नेछन् साथै अभिनेता राजेश हमालले आफ्नो फिल्मी यात्राको अनुभव सुनाउनेछन् । फेस्टिभलमा नीर शाह निर्देशित फिल्म बासुदेव प्रदर्शन गरिनेछ र प्रदर्शन पश्चात नीर शाह, लेखक ध्रुवचन्द्र गौतम, अभिनेता हरिहर शर्मा र सोफिया उपाध्याय बीच छलफल कार्यक्रम गरिनेछ ।

Here is what Prakash Jha, the head of jury for NIFF's feature film competitions, has to say!Thank you sir for your kind words!#niffnp #celebratingnarratives#visitnepal2020

Gepostet von Nepal International Film Festival am Dienstag, 4. Februar 2020