सिड्नीमा रामकृष्ण ढकालको प्रस्तुति

कालजयी नेपाली गीत संगीतका गायक राम कृष्ण ढकाल सिड्नीमा रहने नेपालीहरू माझ गुन्जने भएका छन् । ढकाल मार्च ६ तारेख शुक्रबारको दिन सिड्नीको रगडेलमा रहेको इन्द्रेणी फंसन सेन्टरमा गुन्जने भएका हुन् । लाईभ ब्याण्ड सहित रामकृष्णले उक्त दिन बिहान उठ्ने बित्तीकै हिमाल…,ओराली लागेको…., माया गर्नेको चोखो माया…, बचन तोडे कसम नै तोडे…., हिरा काट्ने हिरैमा राखेर…. र बांचुन्जेलीलाई……..लगायतका डेढ दर्जन उत्कृष्ट गीत संगीत प्रस्तुत गर्ने भएका छन् ।

भारतीय गायिका लता मंगेश्वर र आशा भोसलेसंग गीत गाउने अबसर पाएका ढकालजस्ता स्रष्टाको गीत प्रत्यक्ष रूपमा सुन्न पाउनुलाई सिड्नीमा रहने नेपालीहरूले राम्रो अबसरको रूपमा लिएका छन् । ढकाल पनि आफ्नो एकल प्रस्तुति दिन पाउनुलाई ऐतिहासिक अबसरको रूपमा लिएको बताउंछन् -‘ म सिड्नीमा मेरा प्रशंसक र नेपाली गीत संगीतप्रेमीहरूलाई भेट्न आतुर छु -‘ रामकृष्णले भने ।

रामकृष्ण ढकाल साँझ विथ लाईभ ब्याण्ड नाम राखिएको यो कार्यक्रमलाई कंगारू ऐजुकेसन फाउन्डेसन एजुकेशन एण्ड भिसा सर्भिसेसले गरेको हो । रामकृष्ण जस्ता गायन क्षेत्रका हस्तीसंग जोडिन पाएकोमा हाम्रो संस्था यतिबेला खुशी छ’ कंगारू ऐजुकेसनका प्रमुख महेशबाबु तिमल्सिनाको भनाई छ।