प्रधानमन्त्रि ओलीले सारंगी र बाँसुरी बजाएपछी …
प्रधानमन्त्रि केपी ओलीले मंगलबार साँझ प्रधानमन्त्रि निवास बालुवाटारमा ‘सारंगी साँझ’ को आयोजना गरे । कार्यक्रमकै क्रममा सञ्चालक दिनेश डिसीले प्रधानमन्त्रिलाई मंचमा बोलाएपछी प्रधानमन्त्री ओलीले सारंगी बजाउन थाले । डिसीले प्रधानमन्त्रि ओलीको बालकोटस्थित घरमा झुण्डाएर राखिएको सारंगी र बाँसुरीको प्रसंग निकालेर प्रधानमन्त्री ओलीलाई मञ्चमा बोलाएका थिए । केहि बेर सारंगी बजाए पछी प्रधानमन्त्रिले पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र माधब नेपाललाई पनि मंचमा बोलाए । त्यसपछि ओलीले बाँसुरी र पूर्वप्रधानमन्त्रीहरुले सारंगी बजाएर रमाइलो माहोल बनाएका थिए ।
कार्यक्रममा मन्त्रि परिषद सदस्यहरु, सचिवालय सदस्यहरूको परिवार र २५ जना सम्पादकहरुको उपस्थिति रहेको थियो । मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजना र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित उक्त कार्यक्रममा एघार वटा मौलिक धुनहरु प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री ओलीले माघ १९ गते साँझ पनि बालुवाटारमा संगीतमय कार्यक्रम आयोजना गरेर केन्द्रीय सदस्य र सांसदहरुलाई भोज खुवाएका थिए ।
प्रतिक्रिया