प्रकृति बचाउन करिश्माको खबरदारी

अभिनेत्री करिश्मा मानन्धर समसामयिक बिषयमा बोल्न मन पराउछिन् । हाल उनले गोदावरीको सेन्ट जेवियर्स नजिक बन्ने भनिएको कन्भेन्सन भवन बनाउन नहुने तर्क राखेकी छन् । प्रकृति बचाउ भन्दै उक्त भवन थापाथली क्यापसको  क्षेत्रमा बनाउन सुझाव दिएकी छन् । यति मात्रै होइन, एनएफडीसीको बारेमा आफुले आवाज उठाउदा कसैले वास्ता नगरेको तर पनि देखेर चुप लाग्न नसकिने उनी बताउछिन् ।

उनको सामाजिक संजाल फेसबुकमा लेखिएको स्ट्याटस जस्ताको तस्तै :
सुने यो गोदावरी को सेन्ट जेबियर्स को नजिक कन्वेन्शन भवन बन्दै छ रे ! कयौं रोपनी जग्गा अनि कति रुख काटिने होलान ?
दिमाग छैन ?
अलिकति भयेपनी प्राकृतिक हिसाबले यो ठाउँ बाचेको थियो ,
अहिलेसम्म बाटो राम्रो संग बनाउन सकेको छैन !
20 वर्ष भयो म याहा बसेको ।
कमसेकम यो ठाउँलाई तपाईहरु को गाँस नबनाउन आग्रह !
अब तपाईंहरु रोगी हुनुहुन्छ , केही खान मिल्दैन , लगाएको सुहाउँदैन , किन येस्तो देश बिगारेको ?
मेरो सुझाव , त्यो थापाथलीको इन्जिनेरिङ्ग कलेज को जग्गा 27 , 28 रोपनी होला ! सरकारी हो तेस्मा बरु तल कलेजको भवन बनाउने अनि माथी चाहिँ कन्वेन्शन हल बनाउदा के होला ?
कलेज पनि राम्रो हुने अनि सेन्टर मा हल पनि हुने । अनि बेसमेन्टमा पार्किङ पनि बनाउनु!
( हुनत म गोदावरी बस्छु त्यो सेन्टर बन्दा मेरो जग्गाको भाउ बड्छ होला ! तर म या हामी कसरी येस्तो स्वर्थी हुन सक्छौ ? अर्को पुस्तालाई के दिएर जाने ? )
Please my request is save the nature , do sustainable development so that next generation can remember you .
मलाई थाहा छ मैले गरेको कुरा मुर्खले गरेको कुरा जस्तो सुनिन्छ, किनभने मैले NFDC को कुरा लेख्दा पनि कसैको चासो रहेन !
मलाई एक छाक खान पुगेको छ ।
तर थाहा पाएर मौनता राख्नु पनि अपराध हो ।