‘साङ्लो’ को गीत चोरी विवादमा
विराज भट्टको फिल्म ‘साङ्लो’ को एक गीत चोरी भएको आरोप लागेको छ । ‘झ्याम्मै आँखा झ्याम्मै…’ बोलको गीतको शब्द चोरिएको भन्दै सुदीप भुपाल सिंहले महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएका छन् । संगीतकार सुरेश अधिकारी, गायक निशान भट्टराई र फिल्म निर्माण कम्पनी विरुद्ध उनले शुक्रबार उजुरी दिएका हुन् ।
तिन बर्ष अगाडीनै कम्पोज गर्नका लागि सुरेशलाइ दिएको गीत फिल्म ‘रुद्रप्रिया’ मा राख्ने कुरा भएको थियो । उक्त फिल्ममा गीत नआटेपछि अचानक बिना कुनै अनुमति गीत प्रयोग गरिएको सुदीपको आरोप छ । उनले आफुलाई जानकारी नदिएको साथै गीतमा क्रेडिट समेत नदिएको बताएका छन् । गीतको पोस्टरमा रचनाकार सुरेश उल्लेख छ भने युट्युवमा निशान भट्टराई ।
आज आइतबार छलफलको लागि दुवै पक्षलाई प्रहरीले बोलाएको छ ।
प्रतिक्रिया