राजेश, दया र एलिसाको सहकार्य ‘हुरुक्कै भएँ म’

गीतको भिडियोमा नृत्य भन्दा अभिनयमा जोड दिदै गीतमा पनि कथा खोज्ने प्रथा बढ्दै गएको छ । गीत भन्नासाथ अगाडी पछाडी नचाउदै हिरो हिरोइन नाच्नु पर्छ भन्ने हुन छोडेको छ । यस्तै क्रममा राजेश पायल राईको एक गीत सार्वजनिक भएको छ, जहाँ एलिसा राई र दयाहांग राईको अभिव्यक्ति नगरिएको प्रेमलाई देखाईएको छ ।

‘हुरुक्कै भएँ म’ बोलको गीतमा दया चित्रकारको रुपमा देखिएका छन्, भने एलिसा शिक्षिका । दया बोल्न सक्दैनन् भन्ने भिडियोको अन्त्यमा मात्रै उनकी प्रेमिकाले थाहा पाउछिन् । राजन मुकारुङले लेखेको शब्दलाई उनीहरुको अभिनयले न्याय गरेको छ । गीतमा दिनेश काजी वान्तवाको संगीत र राजु कार्कीको संगीत संयोजन रहेको छ । समाराको शृंगार, अनिल रानाको सम्पादन, भुपेन्द्रको छयांकन र किरण चामलिंग राइको निर्देशन भिडियोमा रहेको छ।