पैसा ठगि गरेको आरोपमा निर्देशक मुनाल शिशिर माथि हातपात

म्युजिक भिडियो तथा टेली चलचित्रहरु निर्देशन गरेका मुनाल शिशिर कोइरालालाइ पैसा ठगि गरेको आरोप लगाउदै समिर खानले हातपात गरेका छन् । खानले मिडियाकर्मीहरुको अगाडी कोइरालाको कठालो समातेका थिए । उनको अनुसार कोइरालाले टेलिसिरियल बनाउने भन्दै एक लाख नब्बे हजार सापट र अडियोको लागि भनेर चालिस हजार गरेर जम्मा दुइ लाख तिस हजार लगेर फिर्ता गरेका छैनन् । कोइरालाले ब्यबहारिक समस्याका कारण आफुले समयमा  पैसा तिर्न नसकेको बताए । यस अघि पनि कोइराला विवादमा आइरहने गर्दथे । प्रहरीले अनुसन्धानको लागि दुवैजनालाई नियन्त्रणमा लिएको छ ।